Fri. Apr 19th, 2024

काठमाडौं, ७ फागुन । चलचित्र ‘बधशाला’ निर्माण गर्ने स्म्यासिङ एप्पलले  ‘ताण्डव’ निर्माण गर्ने भएको छ । यसअ ि‘सिक सिटी’ निर्देशन गरेका ब्रिटिस नागरिक मुर्रे केरले ‘ताण्डव’ को बुधबार एक औपचारिक कार्यक्रमबीच घोषणा गरे ।  चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ चर्चित ब्याटल र्‍याप गायक लाहुरे आशिष रानासँग मिलेर ताण्डव मच्चाउने भएका छन् ।
केरकै कथामा बन्न लागेको भनिएको यस चलचित्रको छायांकन आउँदो आइतबारबाट सुरु हुने भनिएको छ जसलाई नरेन्द्र मैनालीले खिच्ने छन् ।
चलचित्रमा अनुप बराल, विपिन कार्की, एलेन गुरुङको साथमा केही विदेशी कलाकारसमेत रहने बताइएको ।
चलचित्रमा मायाको चरित्रमा देखिन लागेकी नम्रताले कार्यक्रममा बोल्दै भनिन्,  ‘मुर्रेसँग काम गर्न पाउँदा खुशी लागेको छ ।’
यस चलचित्रका निर्माता मोहन डोटेलले ‘ताण्डव’ पूरानो र नयाँ धारभन्दा पनि आफुले राम्रो दिन खोजेको बताए ।  यस चलचित्र भारत र नेपालका सिमावर्ती क्षेत्रमा छायांकन हुनेछ । कार्यक्रममा निर्माता सुनिल रावल, वितरक उज्वोल पौडेल, मनोज केसीलगायत उपस्थित थियो।

%d bloggers like this: