Tue. Apr 16th, 2024

लण्डन, ७ फागुन (एजेन्सी) । ब्रिटिस पप गायिका सेलना गोमेज केही समययता आफूलाई बदल्ने प्रयासमा छिन् । मानसिक तनाव बिर्सन उनले रिलेक्सको बाटो रोजेकी छन् । यी गायिका सोमबार राती लन्डनको एक रेष्टुरेन्टमा भेटिइन् जहाँ उनी आफ्ना साथी समन्था ड्रोकसँग डिनरका लागि पुगेकी थिइन् । कालो रंगको छोटो शर्ट र स्लिम लेग्सले सेलेना निकै सुन्दर देखिएकी थिइन् । अचानक भेटेका फोटोग्राफरलाई उनले खुसीका साथ पोज दिइन् ।

celena 6jpg

सेलनाले आफ्नो डिनर पार्टीको एक तस्बिर सामाजिक सञ्जालमा पनि शेयर गरेकी छन् । आइतबार पनि उनी रातकै समयमा एक होटलमा देखिएकी थिइन् । खुसीको खबर के छ भने आफूलाई एक्लोपनबाट हटाउन उनले एक नयाँ ब्वायफ्रेन्डसमेत खोजेकी छन् । यो खबर गायक जस्टिन बिवरका लागि तरंग हुनसक्छ ।

celena
टिनेजर ब्वायफ्रेन्ड बिवरसँग सम्बन्ध टुटेपछि सेलना तनावमा थिइन् तर अहिले ती सबै तनावलाई बिर्सने प्रयासमा पुगेकी छिन् उनी । भनिन्छ, सेलेना मानसिक रिलेक्सका लागि रातको समयमा विभिन्न पार्टी तथा डिनरमा सहभागी हुँदै आएकी छन् ।

celena 4

celena 5

celena 1

celena 2

%d bloggers like this: