Mon. May 23rd, 2022

बुलु मुकारुङको आफ्नै परिचय छ, संगीतकारका रुपमा । तर, आफ्नो हुलिया अरु विभिन्न चर्चित अनुहारसँग मिल्दा खुब हैरानी खेपेका छन् । हुलिया मिल्दाका अनुभव उनकै शब्दमाः
कलेजमा ब्रुस्ली
कलेज गएको पहिलो दिन मेरै अघि केही केटाहरुले ‘ब्रुस्ली आयो ब्रुस्ली’ भने । गाउँबाट भर्खरै आएकाले ब्रुस्ली चिन्दिनथें । त्यसैमाथि कलेजमा कसैलाई नचिनेकाले झन् कसलाई भनेको के मतलब रु पछि त अरु पनि त्यस्तै भन्न थाले । एउटा साथीले भन्यो, ‘अहिले निकै प्रशिद्ध एक्सन हिरो ब्रुस्लीका अनुहारसँग तेरो अनुहार अलिअलि मिल्छ क्या १’
नेम्वाङ भनेर नमस्कार
बहुदल आएको केही वर्ष पछिको कुरा हो । एक दिन सफारी कोट लगाएर बागबजारमा हिड्दै थिएँ, एउटा अपरिचितले नमस्कार ग¥यो । नमस्कार फर्काएर चिनिनँ भनें । उसले भन्यो, ‘ म टियुमा पढ्ने काभ्रेको फलानो क्या त नेताज्यू, अस्ति पार्टी कार्यालयमा भेट भएको थियो नि १’ मैले नेता होइन, भनेर वास्तविक परिचय दिएपछि हेरेकोहे¥यै भयो । उसले मलाई एमाले नेता सुवास नेम्वाङ ठानेछ । केही समय अघिको कुरा हो म प्लेनबाट विराटनगर जाँदै थिए । अलि नजिकै बसिरहेको एउटा मान्छे मलाई हेरेर बेलाबेला मुस्कुराउँथ्यो । प्लेनबाट उत्रिएपछि नमस्कार गर्दै पछि लाग्यो । बोल्न थाल्यो । चिन्नुहुन्छ मलाई रु भनेर सोद्धा ‘किन नचिन्नु’ भन्यो । एउटै भ्यान रिजर्भ गरेर गइयो । अलि पर पुगेपछि ऊ त राजनीतिका कुरा गर्न थाल्यो । मैले सुवास नेम्वाङ ठान्नुभयो कि क्या हो भनेपछ उसले ‘होइन र’ भन्यो । आफ्नो नाम बुलु मुकारुङ भनेपछि ‘ए चिनेकै मान्छे पर्नुभएछ’ भन्दै मुख रातो पा¥यो ।
प्रदीप ठानेर पड्कायो
सातआठ वर्ष पहिलेकै कुरा हो । म बागबजारमा फटाफट हिडिरहेको थिएँ । एक जनालाई पछाडिबाट पिठ्युमा मुड्कीले ड्याम्मै पड्कायो । फनक्क फर्केर हेरेको ऊ त रातोपिरो १ पछि कान समाएर माफी माग्दै भन्यो, ‘मैले मेरो साथी प्रदिप ठानेर यस्तो गरेको ।’ कुरा बुझ्दै जाँदा उसले त मलाई संगीतकार प्रदीप बम्जन भन्ठानेको रहेछ ।
गजल समीक्षक म
अनामनगरमा एउटा कार्यक्रमको अतिथि बन्न गएको थिएँ, पौडल थरको भाईले तपाईंको गजल समीक्षा पढें साह्रै राम्रो लाग्यो भने । मैले त गजल समीक्षै गरेको छैन भन्छु ऊ त कहाँ नहुनु भर्खरै पढेको भन्दै जिद्दी गर्छ । पछि यसो विचार गरें, विजय सुब्बाले लेख्छन् गजल त । मैले होइन, बिजय सुब्बाले लेखेको होला भनेको भाई त टाप ।
लेलिन क्यापको कमाल
तीन वर्षअघि बाल्मिकी क्याम्पसमा एउटा अन्जान बहिनीको नमस्कार खाएँ । बहिनीलाई चिन्छ्यौ भनेको ढुक्कै भनिन्, किन नचिन्नु विक्रम सुब्बा होइन हजुर । मैले होइन भनेपछि बहिनी लजाइन् । हिउँदको समयमा लेलिन क्याप लाउने भएकाले उहाँजस्तै लागेछु म ।
अमेरिकामा तिब्तीयन
अमेरिका गएको बेलाको कुरा हो यो । पोखराको एउटा गुरुङ भाइले नेपालको शुभचिन्तक अमेरिकीलाई चिनायो । पचास वर्षदेखि लगातार नेपाल आइरहेको बताउने ऊ हर्क गुरुङ, सुर्यबहादुर थापा, प्रकाशचन्द्र लोहनी मेरा साथी हुन् भन्थ्यो । उसले मलाई ‘बौद्ध धर्मालम्बी होस्’ भन्यो । म त हिन्दू भनेको मरिगए पत्याएन । उसले मलाई तिब्बती शरणार्थी ठानेछ । म शरणार्थी होइन, रेडियो नेपालको म्युजिसियन हुँ भनेको झन् पत्याएन । सरासर गएर नेपालबाट किनेर लिएको मादल थमायो बजाउ भन्दै । सोरठी तालमा रन्काएर बजाएपछि बल्ल पत्यायो ।
डिबी खड्कासँगको कुराकानीमा आधारित