Fri. Mar 29th, 2024

काठमाडौं, फागुन ७ । आफू निर्मित चलचित्र ‘वरदान’ पछि अभिनयबाट ओझेल परेकी अभिनेत्री रेजिना उप्रेतीले आफ्नै लागि वर पाएकी छन् । रेजिनाले चाँडै लगनगाँठोमा कसिँदैछिन् । रेजिनाले केही वर्षदेखिको प्रेमसम्बन्धलाई फागुन १० गते बिबाहमा परिणत गर्न लागेकी हुन् । लण्डन निवासी युवक सुरज पोखरेलसँग विवाह गर्न लागेको बताएकी छिन् ।
केही समयदेखि प्रेमी सुरजस“ग लण्डनमै बसिरहेकी रेजिना विवाहको लगन जुराएर नेपाल फर्किएकी थिइन् । उनले निकै नजिकका साथीभाई र आफन्तको उपस्थितिमा मपन्दरमा बिहे गरेर कलंकीस्थित मेघा ब्याङकेट, लामपाटीमा बिहे भोज दिने भएकी छिन् । रेजिनाले बिहे भोजमा भने धेरै फिल्मकर्मीहरुलाई निम्त्याउने योजना अनुरुप कार्ड बाँडिरहेकी छिन् ।

%d bloggers like this: