Thu. Apr 25th, 2024

काठमाडौं, फागुन ८ । मित्रता अनि सम्बन्ध भनेको अटुट एबम सर्बोपरि हुन्छ । कोहि पनि लामो समय सम्म सत्रु भइ टाडा अनि मित्र भई साथ रहन सक्दैन ।
यो कुरालाई निर्माता द्वोय सुनिल रावल अनि मोहन डोटेलले पुस्टि गरेका छन्।
प्रशंग हो स्म्यासिङ एप्पलको फिल्म ताण्डब निर्माण घोषणा कार्यक्रमको । उक्त कार्यक्रममा निर्माता मोहन डोटेलले सुनिल रावललाई निम्तो दिएर बोलाए पछी रावल पनि त्यहाँ पुगे। निर्माता रावलले डोटेलसँग अंकमाल गर्दै भने ‘हाम्रोत त एउटै मुटु छ’ मोहनले पनि थपे ‘हामी टाढा रहेर बस्नै सक्दैनौ’।
सुनिलको पहिलो फिल्म ‘सायद’ चल्नु ताका यी दुई निकै नजिक भएका थिए । त्यसबेला ‘सायद’को केही देशमा प्रदर्शनको व्यवस्था समेत मोहनले मिलाएका थिए। तर ‘होस्टेल’ पर्दशन सम्म आइपुग्दा दुईको सम्बन्धमा दरार आउनुको पछाडि यस्तै थुप्रै कारणहरु जोडिएका थिए। केहि समय अगाडी सम्म सुनिल र मोहन दुबैले एकअर्काको बारेमा कुरा काट्दै हिडेको रजतपटमा हल्ला थियो । तर मोहन र सुनिलले आफ्नो दुश्मनी भुल्दै फेरी साथ भएका छन।
यी दुइको प्याचअप भएकोमा उपस्थित सबै दङ्ग देखिन्थे।

%d bloggers like this: