Wed. Apr 24th, 2024

काठमाडौं, फागुन ८ । गायिका निशा सुनार र शंकर विसीले लिभिङ टुगेददरलाई विवाहमा परिणत गरेको केही समय बितिसकेको छ । तर, उनीहरु आफूहरुबिचको सम्बन्धबारे खुल्न चाहदैनन् । केही समयअघि अमेरिका पुगेकी निशाले भने शंकरसँगको सम्बन्ध प्रष्ट्याएकी छिन् । अर्थात् उनले विवाहको तस्बिर सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएकी हुन् । उनले सार्वजनिक गरेका विवाहका तस्बिरमा शंकरले सिउदो भरेकोदेखि निशाले मण्डपबाटै अथिति सत्कार गरेकोसम्म छन् ।
शंकरकी छोरी पेटमा हुर्काइरहेकी निशा यतिबेला अमेरिकामा छिन् । उतै बस्ने प्रक्रिया मिलाइरहेको बुझिएको छ । ग्रिन कार्ड लिने तयारीमा रहेकी उनी पनि नेपाल रहुन्जेल शंकरसँगको सम्बन्धलाई औपचारिक रुपमा खोल्न हिचकिचाउथिन् ।
केही साथीभाईको माझमा बिवाह गरेर कोर्टमा गई विवाह दर्ता पनि गरेको बुझिएको छ । यो निशा र शंकर दुईटैको दोस्रो विवाह हो ।
1621762_663954156984874_1031261980_n 1625534_663953970318226_1453348480_n

%d bloggers like this: