Fri. Mar 29th, 2024

काठमाडौं, ८ फागुन । शुक्रबारदेखि दुई नेपाली चलचि    त्र दर्शकसमक्ष आउँदै छ । दीपेन्द्र के.खनाल निर्देशित ‘झोले’ र ‘सम्राट’ प्रदर्शनमा आउन लागेको हो ।
‘झोले’ डार्क कमेडी चलचित्र हो । यस चलचित्रमा अभिनेत्री प्रियंका कार्की र दयाहाङ राईको मुख्य अभिनय हेर्न सकिन्छ । गाउँले एक युवा सुन्दर सपना खोज्दै सहर छिरेपछि उनले गर्ने संघर्षको कथा समेटिएको ‘झोले’ पछिल्लो समय आशा बोकेको चलचित्र पनि हो । विशेषगरी यस चलचित्रले बेरोजगार युवाको कथाव्याथा उनेको छ ।
त्यस्तै, नेपाली र भोजपुरी भाषामा निर्माण गरिएको ‘सम्राट’ मार्फत लामो समयपछि अभिनेता विराज भट्ट दर्शकसमक्ष आउँदैछन् । एक्सन थ्रीलर चलचित्र भनिएको ‘सम्राट’ मा विराजका अलावा रुवी सिंहको मुख्य अभिनय छ । लिलाधर भट्टराई निर्देशित यस चलचित्रलाई सुरज खड्काले निर्माण गरेका हुन् ।
samrat nepali movie

%d bloggers like this: