‘गोर्खा पल्टनका अफिसरले रुचाए निशानी’
नेपाली चलचित्र ‘निशानी’ को भारतको गुहाटीस्थित हाम्लुङमा च्यारिटी सो गरिएको छ । वीर गोर्खालीको गाथा बोकेको यस चलचित्रलाई स्थानीय दर्शकले अत्यधिक रुचाएको निर्माणपक्षले जनाएको छ । चलचित्र च्यारिटीका लागि गुहाटी प्रस्तुतकर्ता तथा कलाकार प्रेम सुब्बाले त्यहाँबाट फर्केपछि भने, ‘चलचित्र स्थानीयले अत्यधिक रुचाए । निशानी हेरेर उनीहरू भावुक भएका थिए ।’