Fri. Apr 26th, 2024

काडमाडौं, माघ १० । फिल्म ‘झोले’ले शुक्रवार र शनिवार राम्रो ब्यापार गरेको छ । धेरै फिल्म हलमा दर्शकको घुइँचो देखिएपछि ओरालो लागेको नेपाली फिल्म बजारमा फेरि आशा पलाएको छ । फिल्मले अपेक्षा गरेअनुरुपकै ब्यापार गरेपछि निर्देशक दीपेन्द्र के खनालले ‘मेहनतको फल प्राप्त हुने संकेत देखिएको’ बताएका छन् । आज बिहान गोपीकृष्ण हलमा फिल्मको टिकटका लागि जम्मा भएको बाक्लो भीडलाई कन्ट्रोल गर्न प्रहरीलाई पनि हम्मे परेको थियो ।
काठमाडौं बाहिरका फिल्म हलमा भने आज शो थपिएका छन् । त्यसैगरी काठमाडौंका हलहरुमा फिल्मको शो थप्ने तयारी भइरहेको बताइएको छ । शुक्रवार  रिलिज डार्क कमेडी फिल्म ‘झोले’ रिलिजअघि नै चर्चामा थियो । ‘झोले’मा बेरोजगार युवाको सपना र उसले पाउने हन्डरलाई मुख्य विषयवस्तु बनाइएको छ । हास्य शैलीमा प्रस्तुत गरिएको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । टेकेन खड्काले निर्माण गरेको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की र ए गुरुङ मुख्य भूमिकामा छन् ।

%d bloggers like this: