डिजाइनर बन्न नसकेका तेन्जिङ शेर्पा बने फिल्मको हिरो

कुनै समय उनलाई फेसन डिजाइनर बन्ने झोक चलेको थियो तर त्यतिखेरै गार्मेन्ट उद्योगमा ह्रास आएपछि एकाएक मन परिवर्तन गरे । फेसन डिजाइनर बन्न नसके पनि सफल इभेन्ट मेनेजर बनेका छन् तेन्जिङ फुर्वा शेर्पा । सन् २००१ देखि २०१४ सम्ममा आइपुग्दा तेन्जिङले थुप्रै परिचय बनाएका छन् । तीमध्ये उनलाई चिनिने परिचय हो, इभेन्ट मेजेनर । हेमा मानन्धरसँग भेट भएपछि ‘नेप्लिज फेसन होम’ स्थापना गरेर इभेन्ट मनेजमेन्टमा पाइला चालेका तेन्जिङ नेपाली चलचित्रमा ‘हिरो’ समेत भएका छन् । चलचित्रमा अभिनयपछि ‘हिरो’को परिचय त बनाए नै उनी शेर्पा समुदायको ‘प्रथम अभिनेता’ समेत ‘भएका छन् । नेपाली चलचित्र ‘राहदानी’ मा अभिनयपछि ‘हिरो’ भएका उनले भने, ‘शेर्पा समुदायमा अहिलेसम्म कोही हिरो छैनन्जस्तो लाग्छ । त्यसैले सायद मै हुँ पहिलो शेर्पा समुदायको हिरो ।’

Read More

चलचित्र पत्रकारको चुनावमा पुरानालाई नयाँ पुस्ताको चुनौती

चलचित्रसम्बन्धी समाचार लेख्ने पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । बिहिबार चलचित्र पत्रकार संघको छैटौ महाधिवेसनमा १३ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ । यसपटक अध्यक्ष पदका लागि कडा स्पर्धा हुने भएको छ । फिल्म खबर साप्ताहिकका शान्तिप्रिय, राजधानी दैनिकका डब्बु क्षेत्री, कान्तिपुर टेलिभिजनका प्रदीप निरौला र सिनेयात्री मासिकका प्रधान सम्पादक आरडी शृंखला अध्यक्ष पदमा भिड्दैछन् । तीन वर्षे कार्यकालका लागि हुने यस निर्वाचनमा वर्तमान अध्यक्ष विदुर गिरीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिने सम्भावना देखिएको छ ।
त्यस्तै, सचिव पदका लागि शुक्रबार साप्ताहिकका डिबी खड्का र सिनेमा सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएका दिनेश सिटौला भिड्दैछन् । सचिवमै कुबेर गिरीले पनि उम्मेदवारी दिने चर्चा छ ।

Read More

सरकारको नीतिमा परेन चलचित्र

राजनीति दलका नेताले फेरि एकपटक कलाकारलाई पंगु बनाएको छ । दोस्रो संविधानसभा निर्वाचन ताका कलाकारलाई ‘प्रयोग’ गरेका थिए । सभासद् बन्ने सपना बुनेर ठूला राजीनित दलका नेताको पछि लागेर चुनावी मैदानमा उत्रिएका कलाकारलाई सरकारको नीति तथा कार्यक्रममा समेटिएको छैन । निर्वाचन ताका संगीतकर्मीदेखि चलचित्रकर्मीसम्म कुनै न कुनै पार्टीको प्रचारमा दिलोज्यान दिएर लागेका थिए । नेकपा माओवादीपछि सबैभन्दा बढी कांग्रेस र एमालेले कलाकारलाई चुनावमा ‘प्रयोग’ गरेका थिए । अहिले तिनै कांगे्रस र एमालेको संयुक्त सरकार छ तर, यही सरकारको आफ्नो नीति तथा कार्यक्रममा कलाकारलाई कुनै सम्बोधन गरेको छैन ।

Read More

सुब्रतको ‘अधकट्टी’ सुरु

सुब्रतको ‘अधकट्टी’ सुरु
नेपाल चलचित्र संघका महासचिबप्रदिप उदयले निर्माण गर्ने फिल्म ‘अधकट्टी’को शुटिंग सुरु भएको छ। फिल्म युनिट झन्डै ९ महिनाको गृहकार्यपछि फ्लोरमा उत्रिएको हो। पत्रकार टर्न निर्देशक सुब्रत आचार्यले पहिलो पटक ‘अधकट्टी’ निर्देशन गर्न लागेका हुन्। उनले फिल्ममा बेरोजगार युवाको कथा साथै ‘एक्सन’ भन्दा कुनै अनौठो अनुभव दिने प्रेम ‘अधकट्टी’ मा समेटिने बताए। साथै दैनिक देखिने, पढिने र सुनिने घटना कथाको स्वरुपमा चलचित्रमा उतारिने पनि निर्देशक आचार्यले बताए।

Read More

बि.एफ.एफ. बनाउदै टिन एजर्स

बि.एफ.एफ. बनाउदै टिन एजर्स
प्यासन ईन्टटेनमेन्ट र एलिजा ईन्टरनास्नलको संयुक्त ब्यानरमा “बि.एफ.एफ: बेस्ट फ्रेण्ड फरएभर” नामक फिल्म बन्ने भएको छ । हाल प्रि-प्रोडकस्नमा रहेको सो फिल्मको मुख्य कलाकारको लागि अहिले अडीसन भइरहेको छ । उत्सब थापलियाको निर्देशन गर्ने फिल्ममा लोचन आचार्यको लेखन रहेको छ। फिल्ममा निर्मान एसान अलिको रहने छ।

Read More

पुरुषका लागि पनि अब लेगिन्स

एजेन्सी, लन्डन । महिलाले लगाउने गरेको लेगिन्स त सबैलाई सुनेको र थाहा भएकै हो तर बेलायतका दुई डिजाइनर कम्पनीले पुरुषले लागि पनि लेगिन्स तयार गरेका छन् । डिजाइनर लुक शिफेली र टम हन्टले पुरुषले लगाउने लेगिन्स बनाएका हुन् । उनीहरुले बनाएका लेगिन्स रसेल ब्राण्ड र जस्टिन बिबरलगायतका सेलिब्रेटीले समेत लगाइसकेका सो कम्पनीले जनाएको छ ।…

Read More

यसरी मनाए कलाकारले होली (फोटो फिचर)

फागु पूर्णिमा अर्थात् रंगहरुको पर्व होली राजधानीमा हर्सोल्लासका साथ मनाइँदैछ । मित्रता र सामाजिक सद््भावका जगाउने पर्वका रुपमा मनाइने यसपालिको होली कलाकारले पनि विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । केही वर्षयता अभिनेत्री आफ्नै निवास गादाबारीमा गर्दै आएको होली कार्यक्रमलाई निरन्तरता दिँदै यसपटक पनि मनाएको छ । करिश्माको होली निम्तोमा राजधानीबाट अधिकांश कलाकार आइतबार (आज) गादाबारी पुगे । यस्तै, सधैं झैं यसपटक पनि निर्माता छविराज ओझाले नमस्ते फिल्मस्मा होलीको कार्यक्रम राखे भने अन्य विभिन्न टेलिभिजन तथा एफएम रेडियोले आयोजना गरेको होली कार्यक्रम पनि कलाकारले भ्याए ।

Read More

यस्तो छ रोजलिन खानको होली फोटोसुट (फोटो फिचरसहित)

बलिउडमा एक से एक हट अभिनेत्री तथा मोडल छन् । ती हट मोडलबीच सेक्सी देखिने होडसमेत चल्दै आएको छ । यस्तै, मोडल तथा अभिनेत्री रोजलिन खानले यसपालिको होलीका लागि हट फोटोसुट गरिन् । आफ्नो समर्थकका लागि भन्दै समुद्रमा बिकिनीमा खिचाएका उनका तस्बिर होलीकै दिन विभिन्न भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ‘टु पिस’ माथि सानो तौलाइ कम्मर मुनि बाँधेर खिचाएको फोटामा उनलाई सेक्सी तथा मादक देखिएको छ ।

Read More

होली खेल्दै पर सर्यो ‘नोभेम्बर रेन’

फिल्म नोभेम्बर रेनले होलीको पूर्वसन्ध्यामा होली खेल्दै रिलिज मिति पर सारेको घाषणा गरेको छ । शनिवार राजधानीमा पत्रकारसँग फिल्म युनिटले गरेको होलीको कार्यक्रममा पब्लिसिटी नपुगेको भन्दै एक महिना पर सरेको जानकारी गराइएको हो । बिजुलीबजार आयोजित कार्यक्रममा फिल्मका तीन मुख्य कलाकारआर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङलगायतले पत्रकारसँग होली खेलेका थिए ।

Read More

दुई फिल्मकर्मीले गरे गोप्य बिहे

कलाकार शान्ति गिरी र सिनेम्याटोग्राफर शैलेन्द्रध्वज कार्कीले कुनै पत्तो बिना नै बिहे गरेका छन् । फिल्म ‘फिटकिरी‘ हिरोइन शान्ति गिरि र सिनेम्याटोग्राफर शैलेन्द्र ध्वज कार्कीले गत फागुन २५ गते बिहे गरेको खुलेको छ । यी दुइ सिनेमा ‘झिग्राना’ को शुटिङ ताका नजिकिएका थिए ।

Read More