
‘न्यु ईयर सेलिब्रेट’ गर्न सनी लियोन काठमाडौंमा
भारतीय मूलकी क्यानेडियन पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी नियोन नेपाली नयाँ वर्ष मनाउन नेपाल आइपुगेकी छन् । सनी पतिसँग आइतबार बिहान काठमाडौं आइपुगेकी हुन् । स्रोतका अनुसार सनी बौद्धस्थित ह्यात होटलमा बसेकी छन् । ‘न्यु इयर इभ’ स्पेशल कार्यक्रममा सहभागी हुन नेपाल आएकी सनीलाई कामत्य मिडियाले निम्ताएको हो । ‘रागिनी एमएमएस–२’ यी अभिनेत्री आइतबार (आज) साँझ ह्यात होटलमा हुने ‘न्यु इयर ईभ’ कार्यक्रममा प्रस्तुत हुँदैछिन् ।