Fri. Dec 8th, 2023

फलानो क्रियशनको प्रस्तुतिमा बनेको टेलिफिल्म ‘शहर’ अब प्रदशनको लागि तयार भएको छ । टेलिफिल्म तथा फिल्म समेत बताइएको ‘शहर’ को टिभी प्रसारण समय तथा प्रोमो समेत सार्वजनिक भाएको छ । ‘शहर’ जेठ ३१ गते देखी शनिबार राती पौने नौ बजे गण्डकी टेलिभिजनबाट प्रसारणमा आउने निर्माण युनिटले जनाएको छ । ‘शहर’ को हरेक अंकमा नाया कथा र पात्रहरु हुने पनि बताइएको छ ।

पोखराका युवाले निर्माण गरेको टिभी फिल्म ‘शहर’मा हरेक वर्गका मानिसको जिबनशैली र मानबिय आचरण र प्रयोगलाइ देखन खोजिएको छ । निर्माण पक्षले यो कथा सत्य घटनामा आधारित भएता पनि हामी सबैको जिबन संग मेल खाने बिषय भएको पनि बताएको छ।

‘शहर’ मा मिलन थापा, श्री पाण्डे, निरज पन्त, सजीना क्षेत्री, ध्रुव थापा, आकाश दाहाल, निरज कार्की, निश्चल पौडेल, संजीता खनालका साथै पोख्रेली संचारकर्मीहरु दिपक परीयार, सन्तोष परीयार, रामचन्द्र राई, उमा आले, सुरज आचार्य, नारायण शाही लगायतले अभिनय रहेको छ ।फलानो क्रियशन र ङुटुक गुरुङ्ग ‘टाइगर’ को लगानी रहेको ‘शहर’ मा सरोज अधिकारीको सिनेमाटोग्राफी र सुवास अम्गाईको सम्पादन रहेको छ ।

%d bloggers like this: