Fri. Apr 19th, 2024

व्याण्ड बाजा बारातबाट बलिउड चलचित्रमा उदाएका नायक रणवीर सिंह निरन्तर हिट नायकमध्य पर्छन् । तर पछिल्लो समय उनलाई हिट बनाउन अर्को बाहना पनि थपिएको छ ।

एक कण्डमको विज्ञापनमा अर्धनग्न युवतीसंग रोमान्टीक मुडमा देखिएपछि रणवीरको चर्चा झन बढेको हो ।

कण्डमको विज्ञापन खेलेका रणवीरलाई कतिपय फ्यानहरुले आलोचना गरेका छन् भने धेरैले उनको कामलाई चुनौतिपूर्ण तर सकारात्मक भनेका छन् ।

रणवीर एक युवतीसंग कण्डमको विज्ञापनमा देखिएपछि उनको आलोचना गर्नेहरुलाई रणवीरले कुनै जवाफ त दिएका छैनन् तर कण्डमको विज्ञापन सकारात्मक सन्देशका लागि निर्माण गरिएकाले आँफुले अभिनय गरेको भन्दै आफ्नो बचाउ गरेका छन् ।

%d bloggers like this: