Fri. Apr 26th, 2024

अनिल रञ्जनको निर्माण र सुवास कोइरालाको निर्देशन रहेको चलचित्र आवरणको टिम चलचित्रको प्रमोशनका लागि देश दौडाहमा निस्किने भएको छ । सोमबारबाट सुरु हुने देश दौडाह नारायणगढबाट सुरु भई देशका बिभिन्न शहरसम्म पुग्ने निर्माण पक्षले जनाएको छ ।

सोमबार बिहान नारायणगढका बिभिन्न चलचित्र हलमा पुग्ने टिम साँझ बुटवल पुग्ने छ । कलाकार सहितको टिम मंगलबार धरान र बुधबार पोखरा जाने कार्यक्रम छ । आगामी जेठ २ गते प्रदर्शनमा आउन लागेको चलचित्र आवरणको टिमले हलहरुमा पुगी आवरण अंकिट टि–शर्ट, शपिङ व्याग तथा क्यालेण्डर वितरण गर्ने कार्यक्रम तय गरेको छ । चलचित्रमा नायिका प्रियंका कार्की, नायक दिव्य देव, राजन निशान्त, नरेश पौडेल, रश्मी भट्ट, अनुभव रेग्मी, सुशीलराज पाण्डे लगायतका कलाकारको अभिनय छ ।

%d bloggers like this: