Fri. Mar 29th, 2024

कुनै समयकी चर्चित नायिका र विश्व सुन्दरीसमेत रहेकी ऐश्वर्या राय बच्चन ठूलो पर्दामार्फत पुनः फिल्मी दुनियामा फर्किने तयारीमा छन् ।

यस अघि ऐश्वर्या मणिरन्तमको फिल्मबाट टिभि पर्दामा देखिने हल्ला चले पछि उनको उक्त चर्चा सेलाएको छ र पुनः ठूलो पर्दाबाटै पुनरागमन हुने चर्चा सुरु भएको छ ।

सञ्जय गुप्ताले एक ट्वीटमार्फत यस्तो जानकारी गराएका हुन् । गुप्ताले लेखेका छन्, ऐश्वर्या सञ्जय गुप्ताको चलचित्रमा लिड रोलमा देखा पर्नेछिन् ।

सञ्जयले ऐश्वर्याले एक्शन थ्रिलर फिल्ममा निकै राम्रो अभिनय गरिरहेको बताएका छन् । गुप्ताले आँफुले पहिलो पटक ऐश्वर्यासंग काम गरिरहेको समेत ट्वीटरमा उल्लेख गरेका छन् ।

ऐश्वर्याका प्रवक्ताले पनि उक्त खबरको पुष्टि गरेका छन् । ऐश्वर्या छोरी आराध्या जन्मेपछि फिल्मी दुनियाँबाट टाढा थिईन ।

%d bloggers like this: