Thu. Apr 25th, 2024

कुनै समय नेपाली चलचित्रमा निकै व्यस्त नायिकाको रुपमा चिनिने सञ्चिता लुईटेल पुनः नेपाली रजतपटमा झुल्किने भएकी छन् । नायक निखिल उप्रेतीसंग बिहेबन्धनमा बाँधीएपछि एकाएक पर्दाबाट हराएकी नायिका सञ्चिता कमब्याक हुन लागेकी हुन् ।

तर उनी चलचित्रको ठूलो पर्दामा नभई टेलिभिजनको पर्दामा फर्किन लागेकी हुन् । उनले विदुर खतिवडाले निमार्ण गरेको म्युजिक भिडियोबाट अभिनयको पुनारागमन गरेकी छन् ।

अभिनेत्री लुइटेलले उक्त म्युजिक भिडियोमा दुई सन्तानको साथमा अभिनय गरेकी छन् । आफुले खेलेको भिडियोको गीतको शब्द, संगीत र स्वर देखि आकर्षित भएकोले गर्दा मैले भिडीयोमा अभिनय गरेको अभिनेत्री सञ्चिताको दावी छ ।
आमा, मेरी आमा, प्यारी आमा बोलको यो गीतमा अमित विष्टले संगति तथा स्वर भरेका छन् । पैसा कमाउन परदेश पुगेको छोराले आमालाई सम्झिएर ब्यक्त गर्ने पिडा भिडीयोमा देख्न सकिन्छ ।

%d bloggers like this: