Sat. Apr 20th, 2024
काठमाडौं वैशाख २९ । संगीत र फिल्म सम्बन्धी अनलाइन पत्रिका म्युजिक खबर डटकमले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘तेस्रो म्युजिक खबर म्युजिक अवार्ड २०१४’को उत्कृष्ठ पाँचमा परेका श्रष्टाहरुको नाम सार्वजनिक गरिएको छ । अवार्ड २९ विधामा वितरण हुँदैछ ।
आयोजक संस्थाका अध्यक्ष सुमन वैरागीका अनुसार राष्ट्रिय गीत, पप गायन, पप संगीत, लोकदोहोरी शब्द, लोकदोहोरी भाका, लोकदोहोरी गायिका, लोकदोहोरी गायक, लोकदोहोरी नवप्रतिभा, लोकदोहोरी म्युजिक भिडियो मोडल महिला÷पुरुष, लोकदोहोरी म्युजिक भिडियो निर्देशक, लोकगीत, चलचित्र गीतकार, पाश्र्व गायिका÷गायक, चलचित्र संगीतकार, गजल, युगल गायन, सुगम संगीत नवप्रतिभा, मिक्सिङ, एरेञ्जर, सुगम संगीत म्युजिक भिडियो मोडल महिला÷पुरुष, म्युजिक भिडियो निर्देशक सुगम संगीत, सुगम संगीत गीतकार, सुगम संगीत गायक÷गायिका, सुगम संगीत संगीतकार र सुगम संगीत एल्बम विधामा अवार्ड प्रदान गरिनेछ ।
%d bloggers like this: