तिहारमा धेरै बज्ने देउडा

सुदूरपश्चिम तथा कर्णाली अञ्चलका एफएमहरूमा तिहारताका खुब  घन्किन्छ, देउडा भाका ‘करनाली पुल’ । तिहारमा दाजुबहिनीको भेट हुन नसकेको प्रसंगलाई देउडा भाकामार्फत पस्किएको गीत देउडाप्रेमी धेरै स्रोताले मन पराएका कारण एफएमहरूले दिनमै सातआठ चोटि बजाइरहेका हुन्छन् । विष्णु माझी र विनोद बाजुरालीको स्वरमा रहेको गीतमा मुम्बईमा रहेका  दाजु र गाउँघरमै रहेकी बहिनीको वेदना समेटिएको छ ।…

Read More

पार्टीको प्रचारमा कलाकार

अघिल्लो चुनावसम्म व्यावसायिक कलाकार सक्रिय पार्टीगत राजनीतिमा लाग्नु हुन्न भन्ने मान्यता थियो । सबै पार्टीले आफ्नै पार्टीमा संगठित कलाकारलाई चुनावी आमसभा रमाइलो पार्न प्रयोग गर्थे ।

Read More

देउसी अनुभव

आहै भन भन भाइ हो… सानो छँदा खुब देउसी–भैलो खेलिन्थ्यो । भट्याउन माहिर थिएँ म । प्रत्येक सालको तिहारमा मैले नै भट्याउनुपथ्र्याे । लाल्टिन, राँको आदि बालेर देउसी खेल्दै वल्लो–पल्लो गाउँ पुग्थ्यौँ । एकचोटिको तिहारमा रमाइलो घटना भएको थियो । हामी देउसे टोली पल्लो गाउँको एउटा घरमा पुगेका थियौँ । आधा घण्टा देउसी खेलिसक्दा पनि…

Read More

कुन पार्टीको प्रचारमा बिसे नगर्ची ?

बिसे नगर्चीको बयान निकैले मन पराएको कविता हो । कम्युनिष्ट बिचारधारा मान्ने गाइँगुइँ चलेका श्रवण मुकारुङ यही कविताबाट असली कम्युनिष्ट ठहरिए । तर, यो संविधानसभामा उनी अर्कै पार्टीमा छन् । त्यसैले कवि श्रवणको अहिले दिनचर्या फेरिएको छ । केही वर्षयता सधैँजसो कवि गोष्ठी र कविता वाचनमा व्यस्त देखिने युवापुस्ताका यी चर्चित कवि हिजोआज जनताको घरदैलोमा भोट मागिरहेका…

Read More

कात्तिकमै प्रेम दिवस(सुटिङ रिपोर्ट)

नक्सालस्थित गहनापोखरीमा छुल्मि डोल्मा आफ्नो भ्यालेन्टाइनको पर्खामा छन् । किनभने आज प्रेम दिवस हो । आफ्नो प्रेमिको आगमनका बाटो कुरिरहेकी छुल्ठिम एक्लै छिन् । फिल्म नोभेम्बर रेनको एउटा दृष्य हो यो । यहाँ प्रेम दिवसको एउटा दृष्य सुटिङ भइरहेको थियो ।

Read More

मिसेस ग्लोब २०१३: रजनीलाई मिस फिलेन्थ्रोपी अवार्ड

चीनको सेन्जेन शहरमा सोमबार सम्पन्न ‘मिसेस ग्लोब २०१३’मा नेपालका तर्फबाट सहभागी बनेकी रजनी थापाले ‘मिस फिलेन्थ्रोपी’ विधाको अवार्ड जितेकी छन् । इप्लानेटले आयोजना गरेको मिसेज नेपालको दोस्रो संस्करणकी विजेता २६ वर्षीया थापाले ६२ सुन्दरीसँगको प्रतिष्पर्धामा यो अवार्ड जितेकी हुन् । सेन्जेन शहरस्थित वेस्टिन शेंज्हें फुटियन होटेलमा आयोजनाका गरिएको प्रतियोगिताको यो १८ औं संस्करण हो ।…

Read More

कसको पोल्टामा अवार्ड (सूचीसहित)

यो वर्ष जीवन लुइटेललाई फापेको छ । किनभने उनले फिल्मीखरब डि सिने अवार्ड गरी यो वर्ष उत्कृष्ट अभिनेताको चौथो अवार्ड थापे । पछिल्लो समय प्राय अवार्डमा खाली हात नफर्किने रेखा थापाले पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड थापिन् ।

Read More

पालाम साँझ घन्काए राजेशले

लिम्बु संस्कृतिका पालाममा आधारित तथा लिम्बु भाषा प्रयोग गरिएका चर्चित गीतहरु बढी गाएका गायक राजेश पायल राईले आफ्नो सांगीतिक इतिहासमा पहिलो पल्ट लिम्बु गीत हरु समेत गाएका छन् ।

Read More

कर्मा र खुश्बुको जोडी ‘भ्रम’मा

अभिनेता कर्मा शाक्य र खुश्बु खड्का ‘भ्रम’मा जोडी बनेका छन् । आज मुहूर्तसँगै सुटिङ थालिएको फिल्म ‘भ्रम’मा भिन्तुना शर्मा पनि मुख्य भूमिकामा छिन्

Read More