Fri. Mar 29th, 2024

आहै भन भन भाइ हो…
सानो छँदा खुब देउसी–भैलो खेलिन्थ्यो । भट्याउन माहिर थिएँ म । प्रत्येक सालको तिहारमा मैले नै भट्याउनुपथ्र्याे । लाल्टिन, राँको आदि बालेर देउसी खेल्दै वल्लो–पल्लो गाउँ पुग्थ्यौँ । एकचोटिको तिहारमा रमाइलो घटना भएको थियो । हामी देउसे टोली पल्लो गाउँको एउटा घरमा पुगेका थियौँ । आधा घण्टा देउसी खेलिसक्दा पनि त्यो घरका मान्छे बाहिर निस्किएनन् । ‘दिने भए सिदा देऊ, नदिने भए बिदा देऊ’ समेत भनियो । त्यही पनि मान्छे आएनन् । अति भएपछि साथीहरु ढोका ढकढकाउन गए । त्यसपछि पो थाहा भयो, घरमा त भोटेताल्चा ठोकिएको रहेछ । मान्छे नभएको घरमा पनि देउसी खेलियो ।
निशा सुनार, गायिका
हामी प्रायः भैलो खेल्थ्यौँ । धेरै टाढा जाँदैनथ्यौँ । गाउँवरिपरि मात्रै डुलिन्थ्यो । टोलीलाई ‘लिड’ गर्ने मै हुन्थेँ । लिडर भएपछि भट्याउने जिम्मा आफ्नै हुन्थ्यो । तर, मलाई गतिलो पाराले भट्याउन आउँदैनथ्यो । चार÷पाँच वटा प्रचलित टुक्रा मात्रै भट्याउँथे । दोहो¥याई, तेहे¥याई तिनै टुक्राहरु भन्थेँ । मैले जे भनेर जसरी भट्याए पनि साथीहरु ‘भैली रे’ भनिदिन्थे । घरमूलीले पैसा दिनासाथ हामी बाटो लाग्थ्यौँ । आशिष–सासिस दिने चलन थिएन ।
मञ्जु महत, गायिका
 
सानो बेलामा देउसी खेलेको खासै सम्झना छैन । आठ÷नौ कक्षा पुगेपछि चाहिँ साथीभाइसँग मिलेर बढो ‘सिस्टमेटिक’ पाराले देउसी खेल्थेँ म । देउसी खेल्नकै लागि महिनौअघिँदेखि अभ्यास गथ्र्यौं । ‘देउसी रे’को भाकामा गीत कम्पोज गथ्र्याैं । कुन–कुन घरमा जाने हो, त्यहाँ चिठी पठाउँथ्यौँ । रातको १२÷१ बजेसम्म देउसी खेल्थ्यौँ । भट्याउने काम म आफैँ गर्थेँ । अलि रमाइलो पाराले भट्यायो भने पैसा बढी झर्छ भनेर कहिलेकाहीँ हाँस उठ्दो तरिकाले भट्याइदिन्थेँ । केटाहरु अत्तो न पत्तो ‘देउसी रे’ भनिदिन्थे ।
शिव मुखिया, गायक
स्कुल पढ्ने बेला तिहार आयो कि देउसी खेल्न पाइन्छ भनेर मन गद्गद् हुन्थ्यो । तर, दुःखको कुरो, टोलमा मेरा उमेरका केटाकेटी खासै थिएनन् । तर, दुईतीन जना साथी भेला पारेर देउसी खेल्ने रहर पूरा गरिछाड्थेँ । कुनै साल त दुई जनाले मात्रै पनि देउसी खेलेको अनुभव छ । रमाइलो त के भने हामी एकअर्काको घरमा मात्रै खेल्थ्यौँ । अरूको घरमा गएर देउसी खेल्न अलि डर लाग्थ्यो ।
प्रशंसा श्रेष्ठ, गायिका
विराटनगरमा हुँदा खुब देउसी खेलिन्थ्यो । हामी ‘देउसी खेल्न आउँदैछौँ’ भनेर पूर्वसूचना पठाएर मात्रै देउसी खेल्न जान्थ्यौँ । सूचना पठाउँदा अलि धनीमानीको घरलाई विशेष टार्गेट गरिन्थ्यो । तिनकोमा ढंग पु¥याएर देउसी खेल्दा मनग्गे पैसा पाइन्थ्यो । एउटा घरमा आधा घण्टाभन्दा बढी समय खर्चिदैनथ्यौँ । म सकेसम्म भट्याउने काम गर्दिनथेँ । भट्याउन भनेपछि साह्रै अल्छी लाग्थ्यो । कहिलेकाहीँ भट्याउनै पर्ने भयो भने भट्याउँदा भट्याउँदै मेरा सारा शब्द सकिन्थे । म फेरि ‘आहै भन भन भाइ हो’बाट सुरु गर्थें ।
सुगम पोखरेल, गायक
 
गोरुतिहारका दिन हामी रातभरि देउसी खेल्थ्यौँ । भट्याउन सिपालु थिएँ । सबैले तारिफ गर्दिने भएकाले म पनि प्रत्येक साल रौसिएर भट्याउन तम्सिन्थेँ । सुरुमा १२÷१५ वटा घरमा भट्याउञ्जेल रमाइलै हुन्थ्यो । त्यसपछि एउटै कुरा दोहो¥याउँदा अल्छी लाग्थ्यो । त्योभन्दा पनि झ्याउ त स्वर सुकेपछि हुन्थ्यो । गाउँमा एउटा अमिले झार भन्ने पाइन्छ । त्यो झार र काँचो चामल खाएपछि स्वर खुल्छ भन्थे । रातभर त्यही चपाउँदै भट्याउँदै गर्नुपथ्र्यो ।
बद्री पंगेनी, गायक
 
म बहिनीहरुसँग मिलेर भैली खेल्थेँ । चार÷पाँच जनाको टोली हुन्थ्यो हाम्रो । टाढा जान पाइन्थेन । आ–आफ्नैै घरमा खेल्थ्यौँ । खेल्नुअघि म ममीसँग भट्याउन सिकाइमाग्थेँ । उहाँले सिकाएकै कुरा पछि उहाँलाई नै सुनाउँथ्यौँ । ममीले कहीलेकाहीँ ‘अलि धेरै बेर भैली खेल् अनि मात्रै पैसा दिन्छु’ भन्नुहुन्थ्यो । तर, मलाई भट्याउनै आउँदैनथ्यो । भैली खेल्न छोडेर हामी ‘पैसा दिनू’ भनेर कराउन थाल्थ्यौँ ।
श्रेया सोताङ, गायिका

%d bloggers like this: