Fri. Apr 19th, 2024

अघिल्लो चुनावसम्म व्यावसायिक कलाकार सक्रिय पार्टीगत राजनीतिमा लाग्नु हुन्न भन्ने मान्यता थियो । सबै पार्टीले आफ्नै पार्टीमा संगठित कलाकारलाई चुनावी आमसभा रमाइलो पार्न प्रयोग गर्थे । तर, आउँदो निर्वाचनमा भने कलाकर्मीहरु खुलेरै पार्टीको प्रचारमा हिँडिरहेका छन् । केही कलाकारले टिकट पाउने कुराले लागेको राजनीतिक तातोले उनीहरुलाई प्रचारप्रसारमै पु¥याएको छ ।
पार्टीका लागि सबैभन्दा कटिबद्ध भुवन केसी देखिएका छन् । उनी नेकपा एमालेका केन्द्रीय नेताहरुको चुनावी सभामा पुगिरहेका छन् । फिल्मकै कार्यक्रममा पनि बोल्ने मौका पाए भने ‘एमालेलाई भोट दिनुहोस्’ भन्छन् । प्रत्यक्षबाट समानुपातिकको सूचीमा सरेका उनी कार्यकर्ताभन्दा बढी सक्रिय छन् । केही दिनअघिमात्रै पूर्वको दमकमा आयोजित चुनावी सभामा उनी  देखिएका थिए । उनीसँगै एमालेको प्रचारमा हिरोइन जिया केसी पनि सक्रिय छिन् । लोकगायक बद्री पंगेनी र गायिका निशा सुनार पनि एमालेको चुनावी सभामा गीत गाएर प्रचारमा सघाइरहेका छन् ।
अघिल्लो संविधानसभामा एमाओवादी ठूलो पार्टी बनेपछि त्यता तानिएका फिल्मकर्मीले त प्रचारका लागि समिति नै गठन गरेका छन् । एमाओवादीबाट उम्मेदवार बन्न नसके पनि रेखा थापा प्रचारमा सक्रिय छन् । उनीबाहेक  एकीकृत माओवादीको पÔमा देशव्यापी जनमत सिर्जना गर्न भन्दै निर्देशक केपी पाठकको संयोजकत्वमा ७५ कलाकर्मी रहेको केन्द्रीय प्रचार कमिटी नै बनेको छ ।
prachanda-and-mausami-malla
प्रचारका दैनिक कामलाई व्यवस्थित बनाउन १९ सदस्यीय सचिवालयको गठन भएको छ  । सचिवालयमा  निर्देशक पाठक संयोजक छन् भने सदस्यमा शिवजी लामिछाने, लक्ष्मण शेष, चेतन सापकोटा, विजय वस्नेत, मौसमी मल्ल, राजु केसी, दयाराम दहाल, सुभाष गजुरेल, माधव ढुंगेल, गोपालचन्द्र लामिछानेलगायत छन् ।
त्यसैगरी गोपीकृष्ण मुभिजका संस्थापक उद्धव पौडेलले राप्रपा नेपालबाट टिकट पाएका छन् । उनलाई जिताउनका लागि घरदैलो कार्यक्रममा धेरै फिल्मकर्मी सहभागी छन् । गोपीकृष्णले बनाएका धेरै फिल्ममा अभिनय गरेकी गरिमा पन्त उद्धवको प्रचारमा अचाक्ली सक्रिय छिन् । राप्रपा नेपालकै समानुपातिक सूचीमा आफ्नै बुवा तोपेन्द्र शाही परेपछि अभिनेता गोविन्द शाही बर्दियामा घरदैलो कार्यक्रम गरिरहेका छन् ।
gobinda shahi
टिकट वितरण प्रक्रिया जारी रहेसम्म नेपाली कांग्रेसका लागि मरिमेटेका फिल्मकर्मीहरु रोज राणा र मधुकुमार श्रेष्ठको टोली भने टिकट नपाएपछि सेलाएको छ ।
 
 
 
 
 

%d bloggers like this: