शुक्रवारदेखि मण्डलामा ‘प्रयोगशाला’ मञ्चन
मण्डला थिएटर, अनामनगरमा शुक्रवारदेखि नाटक ‘प्रयोगशाला’ मञ्चन हुने भएको छ। मण्डला थिएटर नेपालद्वारा गत असारदेखि असोजसम्म सञ्चालित अभिनय प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’का प्रशिक्षार्थीहरूलाई लिएर तयार पारिएको नाटक ‘इब्सन ल्याब’को परिमार्जन गरी ‘प्रयोगशाला’ बनाइएको हो।