Sat. Apr 20th, 2024

गायिका अञ्जु पन्तको हिजोआज खाशै चर्चा छैन तर उनलाई फुर्सद पनि छैन । उनकै भाषामा भन्ने हो भने उनी करिब डेढ महिना ‘प्याक’ भइसकेकी छन् । दुई दिनयता जारी लेखनाथ महोत्सवमा सहभागी हुन कास्की पुगेकी अञ्जुले भनिन्, ‘यहाँबाट सिधै सुर्खेत जान्छु । महोत्सवहरुले गर्दा मेरो व्यस्तता बढेको छ ।’
विदेश कार्यक्रमका लागि थुप्रै मुलुकबाट प्रस्ताव आइरहेकोे उनले सुनाइन् । अञ्जु केही समय सार्वजनिक कार्यक्रमबाट टाडा थिइन् । जब उनी कार्यक्रममा देखिन थालिन्, उनलाई लिएर कार्यक्रम गर्ने आयोजकको संख्या बढिरहेको छ । अञ्जुले पनि आफूले भ्याएसम्म कार्यक्रममा सहभाागी हुने कोशिस गरेको सुनाइन् । ‘बोलाएपछि जानैप¥यो, नजाँदा ठूली भई भन्छन्’ उनले भनिन्, ‘मलाई फुर्सदमा बस्न मन छैन ।’ स्टेज कार्यक्रममा नजाँदा पनि आफू रेकर्डिङमा व्यस्त रहेको अञ्जुको भनाइ छ ।
‘नयाँ वर्षमा युके र जापान जाँदैछु । मलेसियामा पनि कुरा भइरहेको छ तर निश्चित भएको छैन’ लेखनाथ महोत्सवमा दिदीसँग पुगेकी अञ्जुले टेलिफोनमा भनिन्, ‘राजधानी फर्केपछि स्याडुअल बनाउँछु । नयाँ अंग्रेजी नयाँ वर्षका कार्यक्रमका लागि चारैतिरबाट प्रस्ताव आइरहेको छ । प्रस्ताव आएको सबै ठाउँ त भ्याउँदिनँ होला तर सकेसम्म प्रयास गर्नेछु ।’

%d bloggers like this: