Fri. Apr 26th, 2024

नेपाली चलचित्रको विकासका लागि गठित एक मात्र सरकारी संस्था चलचित्र विकास बोर्ड खारेज गर्नुपर्ने आवाज उठेको छ । वरिष्ठ चलचित्रकर्मी नीर शाहले विहीबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै विकास बोर्ड खारेज हुनुपर्ने माग अगाडि सारेका हुन् । उनले भने – ‘नेपाली चलचित्रको विकासका लागि केही गर्न नसक्ने चलचित्र विकास बोर्ड खारेज गरिनुपर्छ ।’ संविधानसभा सदस्यका लागि कांग्रेसबाट समानुपातिक सूचीमा परेका नीर शाहले राजनीतिकर्मीकै शैलीमा भने – ‘बोर्ड खारेज गर्नका लागि व्यवस्थापिका संसदमा पनि दह्रो आवाज उठ्नेवाला छ, हामी उठाउँछौं ।’ चलचित्र विकास बोर्डमा रहेका पदाधिकारीहरुले सरकारी ढुकुटी रित्याइरहेको आसयमा व्यंग्य गर्दै भएको पैसा चाँडै सक्न पदाधिकारीलाई सुझाव दिए । कार्यक्रममा उपस्थित बोर्डका पदाधिकारीलाई हेर्दै भने – ‘तपाईंले केही देखाउनै पर्छ त्यसका लागि भएको पैसा सक्नुस् ।’ राजधानीमा आयोजित चलचित्र र प्रतिलिपी अधिकार सम्बन्धी गोष्ठीमा वक्ताका रुपमा रहेका नीर शाहले बोर्डप्रति आक्रोश व्यक्त गरेका हुन् ।

तस्बिरः दिनेश डिसी \फेसबुक

%d bloggers like this: