Sat. Apr 20th, 2024

बलिउड अभिनेत्री प्रियंका चोपडाले सात मिनेट डान्स गरेको ६ करोड रुपैयाँ पारिश्रमिक लिने भएकी छन् । ३१ डिसेम्बरमा चेन्नईमा हुने एक स्टेज शोका लागि यी बलिउडकी ‘देसी गर्ल’लाई यतिका रकम दिइएको हो । उनले उक्त स्टेज शोमा एक मात्र डान्स गर्नेछिन् ।
बलिउडमा चर्चा गरिएअनुसार चेन्नईमा ३१ डिेसेम्बर साँझ एक भव्य शो हुँदैछ । न्यू इयरको अवसरमा हुन लागेको उक्त कार्यक्रममा प्रियंकाले एउटा सात मिनेटको गीतमा डान्स गर्दैछिन् । सामाचारमा बताइएअनुसार सुरुमै प्रियंकाले ६ करोड डिमाण्ड गरेकी थिइन् । उनको डिमाण्डलाई आयोजकले मान्न तयार भएको छ । प्रियंका युवा दर्शकमा लोकप्रिय भएकी कारण डिमाण्ड गरेअनुसार  पारिश्रमिक दिएको आयोजकले जनाएको छ ।

%d bloggers like this: