Sat. Apr 20th, 2024

एमाओवादी अध्यक्ष प्रचण्डको चिटिक्क परेको दाह्रीले तारिफ पाएको बेला–बेला हामीले सुन्दै आएको छौं । युवतीहरुले समेत अध्यक्ष प्रचण्डको दाह्रीबारे कुरा गर्छन् तर बलिउडकी चर्चित अभिनेत्री चित्रागंदा सिंहलाई भने झ्याप्प दाह्री पालेको मनपर्दैन ।
यी अभिनेत्रीले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीको दाह्रीबारे हालै व्यक्त गरेको अभिव्यक्तिले यस्तै पुष्टि गर्छ । चित्रांगदाले ‘क्लिन सेभ’ मा गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी असाध्यै ह्याण्डसम देखिने बताएकी छन् । यी हट अभिनेत्रीले एक प्रशंगमा भनिन्, ‘यदि नरेन्द्र मोदीले आफ्नो दाह्री र जुँगा काट्यो भने ह्याण्डसम देखिनेछन् । दाह्रीले गर्दा उनलाई राम्रो देखिएको छैन ।’ दाह्री–जुँगा राख्ने पुरुष आफूलाई खाशै आकर्षक नलाग्ने चित्रांगदाले बताइन् ।
दाह्रीको ‘दुश्मन’ का रुपमा प्रस्तुत भएकी अभिनेत्री चित्रागंदाले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिहंले सेताम्मै फुलेको दाह्री पालेको पनि मनपरेको छैन । प्रधानमन्त्री डा. सिंहको दाह्रीबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘मलाई नै यस्तो लागिरहेको छ कि प्रधानमन्त्री डा. मनमोहन सिंह र नरेन्द्र मोदीले किन दाह्री पालेका होलान् ? उनीहरुले दाह्री राखेको आकर्षक लाग्दैन÷देखिँदैन ।’ चित्रांगदाको बुझाइमा दाह्री पाल्ने व्यक्ति धार्मिक हुनुपर्छ । ‘यदि तपाई दाह्री राख्नुहुन्छ भने धार्मिक कारण हुनसक्छ, अध्यात्मिक मान्छेले दाह्री राख्ने गर्छन् । धार्मिक व्यक्तिले दाह्री राखेको आकर्षक पनि देखिन्छ ।’
चित्रांगदाका अनुसार अध्यात्मिक व्यक्तिले झैं राजनेताले झ्याप्पै दाह्री–जुँगा पाल्नुहुँदैन । विजनेशमेन, राजनीतिज्ञ र कलाकार उस्तै–उस्तै भएकाले ‘क्लिन चट्ट’ हुनपर्ने उनको बुझाइ छ । यसअघि यी अभिनेत्रीले भारतका राजनेताले आफ्नो पहिरन र जीवनशैलीमा परिवर्तन गर्नु आवश्यक रहेको बताएपछि चर्चामा आएकी थिइन् ।

%d bloggers like this: