चुनावमा सबैलाई राजनीति लाग्छ । अरू बेला राजनीतिको ‘र’देखि घृणा गर्नेहरू पनि चुनावी माहोलमा भने कसै न कसैको पक्षमा पुगेर राजनीतिमै होमिएका प्रशस्त उदाहरण पाइन्छन् । यो संविधासभाको चुनावमा सबैभन्दा धेरै राजनीतिक तातो घाम नेपाली कलाकारहरूको आङमा लाग्यो । उनीहरू हुल बाँधेरै दलमा प्रवेश गरे, समर्थन गरेको दललाई जिताउन मरिमेटे । चुनावम कहीँ कसैको पक्षमा नदेखिएकी अभिनेत्री रिमा विश्वकर्मालाई पनि राजनीति लागेको रहेछ । चुनावपछि भेटिएकी उनले भनिन्, ‘भविष्यमा म पनि राजनीति गर्छु ।’ चुनावकै बेला पार्टी प्रवेश गरेर चर्चामा आउने सतही राजनीति भने उनलाई मन परको रहेनछ । त्यसैले उनी आधारभूमि तयार गर्न पहिलेदेखि नै लाग्ने सुरमा छिन् । कुन पार्टीमा गएर राजनीति गर्ने त ? उनी अहिले नै त्यो सार्वजनिक गर्ने पक्षमा भने छैनन् ।
रीमालाई जाग्यो नेता बन्ने रहर
Byadmin
Dec 18, 2013Related Post
शुक्रबारबाट हलमा चन्द्र पन्तको ‘रण’ प्रदर्शनमा आउने
Jun 27, 2022
फिल्म प्रमोसनमा कलाकारको स्टण्ट
Jun 22, 2022
‘डन ३’ मा शाहरुख र अमिताभ सँगै देखिने
Jun 22, 2022