Fri. Apr 19th, 2024

फिल्म ‘होस्टेल’ यूरोपका विभिन्न ठाउँमा देखाइने भएको छ । त्यसका लागि निर्माता सुनिल रावल बुधवार बेलुका युरोप उडेका छन् ।
नेपालमा ‘होस्टेल’ले राम्रो ब्यापार गरेपछि विदेशमा माग बढेको हो । त्यही अनुसार निर्माता सुनिल फिल्म लिएर ४२ दिनका लागि युरोप प्रस्थान गरेका हुन् । होस्टेल अमेरिका, युके, अष्ट्रेलिया, जापान, मलेसिया, कोरिया, दुबई, कतार लगायत विश्वका विभिन्न देशहरुमा रिलिज भइसकेको छ । फिल्म पेरिस , डेनमार्क, जर्मन, बेल्जियम, होल्याण्ड, पोर्चुगल, इन्डिया र हङकङमा होस्टेलको शो हुने निर्माता रावलले जानकारी दिएका छन् । यसअघि फिल्म ‘सायद’ र त्यसपछि ‘होस्टेल’ निर्माण गरेका उनको अर्काे फिल्मको स्क्रिप्ट तयार भइरहेको छ ।

%d bloggers like this: