Thu. Apr 25th, 2024

नेपालीमा एउटा चर्चित उखान छ, ‘चोरको खुट्टा काट भन्दा उचाल्छ ।’ यहाँ कुरा खुट्टा काट् भन्दा उचाल्नेको होइन कि पहिल्यै उचाल्नेको जो हुँदैछ । सुन्दरी अभिनेत्री अनिता आचार्य जति भलाद्मी छिन् त्यत्तिकै सरल पनि । ग्ल्यामर क्षेत्रमा रहेर पनि उनले नकरात्मक चर्चा हुने बाटो बनाएकी छैनन् । उसो त १०देखि ५ जागीर रुचाउने उनी यो क्षेत्रका लागि मरिनमेट्ने पनि बताउछिन् । तर, उनले हालै फेसबुकमा एउटा तस्बिर अपलोड गरिन् । शहरभन्दा पर लाग्ने त्यो ठाउँमा उनी एक युवाको बाइकमा चिप्किएकी छिन् । उनले स्ट्याटस् लेखिन्, ‘कमन हि इज माइ फ्रेन्ड नट बिएफ… ।’ यो त चोरको खुट्टा काट् नभन्दै उचालेजस्तो भएन र ? आखिर ती युवक साथी त रहेछन् नि बिएफ(केटा साथी ) नभएपनि !

%d bloggers like this: