Tue. Apr 30th, 2024

काठमाडौं / रिलिजको दोस्रो दिन पनि ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको छ । काठमाडौं उपत्यका तथाबाहिरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए ।

बिहान सबेरै र बेलुका अबेरका शोहरूमा दर्शक कम देखिएको भएता पनि दिउसोका प्रायः शोमा हाउसफुल दर्शक रहेको शाहीले बताए । शुक्रवार साँझसम्म ७० प्रतिशत माथिको अकुपेन्सी देखिएकोमा शनिवार पनि सोही अनुपात कायम रहेको वितरकको भनाई छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमादेखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् ।

आफ्नै वरपरको जस्तो महसुस हुने समय अनुसारको कथा र कथा भन्ने शैली मन परेको प्रतिक्रिया दर्शकले दिएका छन् । नयाँ निर्देशकले बनाएको जस्तोनलाग्ने तथा कतिपय पहिलो पटक अभिनय गरेका कलाकारहरूलाई पनि अनुभवी अभिनयमा देखेको दर्शकको प्रतिक्रिया छ । दर्शकले चलचित्रको मेकिङ र क्लाईमेक्समा बढी मनोरञ्जन लिएको देखिएको छ ।

शनिवार काठमाडौंको बिग मुभिजमा प्रमुख अभिनेता अर्पण थापा दर्शकसँग प्रतिक्रिया लिन पुगेका थिए । सो क्रममा चलचित्रको पात्र ‘भगवान् दादा’को रूपमा आफूलाई रुचाइएकोमा उनी प्रसन्न देखिए । उनले आफूले जहिले पनि चलचित्रको अन्तर्यमा पुगेर अभिनय गर्नचाहने जिकिर गरे । निर्देशक अर्जुन सुवेदीले चलचित्रको ‘सेकेन्ड हाफ’को ‘ट्विस्ट एन्ड टर्न’लाई दर्शकले मन पराएको प्रतिक्रिया पाएको बताए ।

यस्तै, शनिवार ‘रङ्गेली’ हेर्न पुगेका वरिष्ठ अभिनेता सरोज खनाल, अभिनेत्री केकी अधिकारी, अभिनेता प्रमोद अग्रहरी, निर्देशक तथाअभिनेत्री दीपा श्री निरौलाले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

%d bloggers like this: