Mon. May 20th, 2024

काठमाडौं / कृषा चौलागाईको निर्देशनमा निर्माण हुने चलचित्र ‘पिताम्बर’को औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो ।

निर्मात्री तथा निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय चलचित्र हो । चलचित्रमा कलाकारको लाइनअप बलियो बनेको छ । माघ अन्तिमबाट छायांकन सुरु हुन लागेको चलचित्रमा प्रदीप खड्का, सुरक्षा पन्त, प्रमोद अग्रहरी र कामेश्वर चौरासियापछि सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाह र दिव्यदेव अनुबन्ध भएका छन् । कलाकारको यो लाइनअपले चलचित्र केही फरक र स्पेशल बन्ने देखिन्छ ।

केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । चलचित्रको निर्मातामा विशाल चौलागाई छन् । चलचित्रको तीन चरणमा छायांकन हुनेछ । हुस्सुको सिन खिच्नुपर्ने भएकाले माघमा चलचित्रको पहिलो चरणको छायांकन गर्ने तयारीमा कृषा छिन् । त्यसपछि बैशाख र असार-साउनमा बाँकी छायांकन हुनेछ ।

चलचित्रमा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । उनी चलचित्रको दोस्रो चरणको छायांकनमा जोडिनेछन् । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रलाई निर्देशक चौलागाईले लार्ज स्केल बनाउँदैछिन् । ५ करोड बजेट अनुमान गरिएको चलचित्रको तराईका विभिन्न ठाउँहरुमा छायांकन हुनेछ ।

Leave a Reply

%d bloggers like this: