Mon. May 20th, 2024

काठमाडौं / हिमाली जिल्लामा मनाङ ‘खुस्मा’को पहिलो सेड्यूलको छायांकन सुरु भएको छ । माघ १० गतेबाट चलचित्रले आफ्नो पहिलो सेड्यूल सुरु गरेको हो ।

हिउँका दृश्यहरु चलचित्रको महत्वपूर्ण अंग भएकाले मनाङमा निर्माण टिम ‘खुस्मा’ छायांकनका लागि पुगेको हो । यो चलचित्रबाट अभिनेता धिरज मगर र अभिनेत्री उपसना उपासना सिंह ठकुरीले पहिलो पटक रिल जोडी बनेर पर्दामा आउँदैछन् ।

चलचित्रलाई डेब्यू निर्देशक अशोक थापा मगरले निर्देशन गरिरहेका छन् । अशोक डकुमेन्ट्री चलचित्रबाट अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत निर्देशक हुन् । उनले डकुमेन्ट्री चलचित्रमा नौ वटा विभिन्न अन्तरर्राष्ट्रिय फिल्म फेस्टिभलबाट अवार्ड प्राप्त गरिसकेका छन् ।

यो चलचित्रबाट उनले फिचर चलचित्रमा डेब्यू गर्न लागेका हुन् । मनाङमा आफ्नो १० दिने सुटिङ तालिका सकेर युनिट बाँकी छायांकनका लागि पूर्वी रुकुम जानेछ ।

एम मिडिया प्रालिको प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् ।

‘खुस्मा’मा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्य छायाँकार रहनेछन् ।

चलचित्रमा धिरज र उपासना सिंह ठकुरीको अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ ।

प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ । चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।

Leave a Reply

%d bloggers like this: