Wed. May 8th, 2024

टोकियो । लोक रक ब्यान्ड नेपथ्यले जापानको तोयोसु पिट हलमा प्रस्तुति दिएको छ । जापानको राजधानीमा तीन हजारभन्दा बढी दर्शकमाझ नेपथ्यले प्रस्तुति दिएको जनाएको छ । प्रस्तुतिमा ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ जस्ता चर्चित गीत प्रस्तुत गरिएको थियो । अमृत गुरुङले गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनको तस्बिर देखाइएको थियो ।

कार्यक्रममा अध्ययन, रोजगारी वा बसोबासका निम्ति गएका नेपालीको उपस्थितिसँगै जापानीको पनि उल्लेख्य सहभागिता रहेको जनाइएको छ । कन्सर्टमा १६ वटा गीत र दुई वटा म्युजिक भिडियो देखाइएको थियो । टोकियो कन्सर्टपछि साउन २७ गते ‘फुकुओका सिभिल हल’ मा नेपथ्य गुञ्जने आयोजकले जनाएका छन् ।

Leave a Reply

%d bloggers like this: