Mon. May 20th, 2024

काठमाडाैँ । हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१ औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गरेका छन् । दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने उद्देश्यले उनले ‘लुछाचुँडी’ सार्वजनिक गरेको बताए ।

‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचार मुख्य मुद्दाका रूपमा चिरफार गरिएको छ । अखण्ड भारतभित्र नेपालको भू–भाग राखिएको विषय पनि उहाँको यो पटकको गाईजात्रामा परेको अर्को विषय हो । विशुद्ध मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचारलाई चिरफार गर्दै व्यङ्ग्य गरिएको उनले बताए । दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘लुछाचुँडी’ २१ औँ कोसेली हो ।

उनलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन् । प्रहसनमा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कली ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’, राधिका हमाल, सावित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेव गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्कीलगायतले अभिनय गरेका छन् ।

Leave a Reply

%d bloggers like this: