Mon. May 20th, 2024

काठमाडौँ । गायक तथा अभिनेता यश कुमार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिने भएका छन् ।

बुधबार राति ब्यान्डसहित उनको लाइभ कन्सर्ट तय भएको हो । साझ ७ बजेबाट ‘डुअर ओपन’ हुने कन्सर्टमा यशले ब्यान्डसहित आफ्ना चर्चित नयाँ–पुराना गीतहरु गाउने तयारी रहेको आलिशानका सञ्चालक राम थापाले जानकारी दिए ।

कन्सर्टमा यशले म कहिले हाँसेको थिएँ…, तिम्रो मन बदलिएछ…, बिरानो यो मन्दिरमा…, हिजो अर्कैसँग देखेँ…, म आफ्नै इनार बनाउँछु…, तिमीलाई कुनै पल…लगायत आफ्नो चर्चित गीतहरु गाएर दर्शक झुमाउने कार्यक्रम छ ।

कन्सर्टमा आलिशान ब्यान्डले प्रारम्भिक प्रस्तुति दिने तय छ । त्यसपछि मात्रै यश स्टेजमा उक्लिनेछन् ।

Leave a Reply

%d bloggers like this: