Sat. May 18th, 2024

काठमाडौं । नयाँ वर्षको अवसर पारेर आज (वैशाख १ गते) तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ नयाँ वर्षको अवसर पारेर एकसाथ रिलिज भएका हुन् ।

तीनवटा चलचित्रमा सबैभन्दा धेरै शो ‘जारी’ले पाएको छ । क्यूएफएक्समा ‘जारी’ले ८२ शो पाएको छ । ‘बिहे पास’ले ३३ शो पाएको छ । बुलाकी’ले सबैभन्दा कम ११ शो पाएको छ ।

अन्य मल्टिप्लेक्समा पनि करिब–करिब क्यूएफएक्सकै अनुपातमा शो बाँडफाँट गरिएको छ । तीनवटा मध्ये उच्च बुकिङ ‘जारी’मा देखिएको छ ।

क्यूएफएक्समा ‘जारी’को १२ वटा शो शोल्ड आउट हुँदा ५० शो फिलिङ फाष्टमा गएका छन् । जारीको शो शोल्ड आउट हुने र फिलिङ फाष्ट हुँदा यसको शो पनि क्रमशः थपिने क्रम जारी छ । ‘बिहे पास’काे तीनवटा शो फिलिङ फाष्टमा गएका छन् ।

‘जारी’ उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको चलचित्र हो । यसमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् ।

‘बिहे पास’ प्रवेश पौडेलले निर्देशन गरेको चलचित्र हो । दयाहाङ राई र प्रकृति श्रेष्ठ यसका मुख्य कलाकार हुन् ।

‘बुलाकी’ लक्ष्मण सुनारले निर्देशन गरेको चलचित्र हो । सुरक्षा पन्त र नरेन खड्का मुख्य भूमिकामा छन् ।

Leave a Reply

%d bloggers like this: