Sat. May 18th, 2024

काठमाडाैँ । फिल्म निर्माता, वितरक तथा कलाकार गोविन्द शाहीले उत्कृष्ट वर्ष वितरकको अवार्ड पाएका छन् ।

बक्स अफिस इन्टरनेशनल ग्रुपले गरेको वर्ष समीक्षा अन्तर्गत १७औँ ब्लकबस्टर नेपाली फिल्म अवार्ड-२०७९मा शाहीले उत्कृष्ट वितरकको अवार्ड पाएका हुन् ।

उनले वितरण गरेका फिल्मले २०७९ मा उत्कृष्ट व्यापार गरेका थिए । वितरणको सुरूवात ‘कबड्डी ४ः दि फाइनल म्याच’बाट गरेका शाहीको कम्पनी काफिया फिल्मसले वर्षको अन्तिममा ‘फुलबारी’को उपत्यका वितरणबाट गरेको थियो ।

सुखद् पक्ष यी सबै फिल्मले बक्स अफिसमा उत्कृष्ट स्थान पाए । सयाैँ फिल्म एकै वर्षमा फ्लपको स्थानमा पर्दा शाहीको वितरणमा रहेका लगभग सबै फिल्मले हीटका दर्जा पाएका छन् ।

Leave a Reply

%d bloggers like this: