Thu. May 2nd, 2024

काठमाडाैँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज गरिएको छ । मंगलबार एक कार्यक्रमबीच उक्त फिल्मको ट्रेलर रिलिज गरिएको हो।

फिल्मको करीब पाँच मिनेट लामो ट्रेलरमा परिवारभित्रको प्रेम, असमझदारी, चाहना, कर्तव्य र अपहेलनाका दृश्यहरु समेटिएको छ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

कमल किशोर मलपानीको कन्सेप्टमा निर्माण सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

फागुन ५ गते महाशिवरात्रीको अवसर पारेर यो फिल्म रिलिज हुने तय भएको छ। यस अघि रामबाबु गुरुङको निर्देशनमा दयाहाङ राइको प्रमुख भुमिका रहेको ‘कबड्डी ४’ सुपरहिट भएको थियो।

Leave a Reply

%d bloggers like this: