Thu. May 2nd, 2024

काठमाडाैँ। फागुन ५ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘फुलबारी’ अफिसियल टिजर सार्वजनिक गरिएको छ। मङ्गलबार फिल्मका निर्माण टिमले प्रचार स्वरुप टिजर सार्वजनिक गरेको हो।

यस अघि निर्माण टिमले केहि पोस्टरहरु सार्वजनिक गरिसकेको छ। सार्वजनिक २ मिनेट लामो टिजरमा फिल्मका मुख्य पात्रहरु बिपिन कार्की प्रियंका कार्की, अरुणा कार्कीलाई केन्द्रमा रखिएको छ। फिल्ममा बिपिन र अरुणाले पति पत्नीको भूमिका निभाएका छन्।

यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई मनिष ढकालले निर्माण गरेका हुन् भने फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माता रुपमा देखिएका छन। फिल्ममा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ । रामबाबु गुरुङ गुरुङ निर्देशित फिल्ममा विपिन, दयाहाङ, प्रियंका,अरुणाका अलावा शिल्पा मास्के, गौमाया गुरुङका अलावा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहनेछ।

Leave a Reply

%d bloggers like this: