Sun. May 5th, 2024

काठमाडाैँ । अभिनेता पल शाहविरूद्ध गायिका समीक्षा अधिकारीले जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा गायिका अधिकारीले नायक शाहविरूद्ध उजुरी दिएकी हुन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

उजुरी दर्ता गराएपछि गायिका अधिकारीले मेडिकल चेकअप समेत गरेको बताइएको छ ।

Leave a Reply

%d bloggers like this: