Sun. May 5th, 2024

काठमाडौँ । वरिष्ठ लोक गायक जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदैछ ।

हिजो बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको हो । त्यस अघि लामालाई अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ ।

आज बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव नाचघरमा राखिने कलाकार दिपाश्री निरौलाले जानकारी दिइन् ।

सिन्धुपाल्चोक बाह्रबिसेमा जन्मिएका वरिष्ठ गायक लामाको थुप्रै लोकगीत चर्चित छन् । १ सय भन्दा बढि चलचित्र र टेलिचलचित्रमा समेत उनले अभिनय गरेका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले गायक लामाको निधनप्रति दुःख व्यक्त गरेका थिए ।

Leave a Reply

%d bloggers like this: