Sat. May 18th, 2024

काठमाडाैँ । समाज कथा नै कथाले भरिएको छ । गीत गाउनेको कथालाई ‘गाइनेको कथा’ नदीको बगरमा गिट्टी कुट्ने/बालुवा चाल्नेको कथालाई ‘मजदुरको कथा’ र शहरबजारमा या पहाडका गोरेटाहरूमा पिठ्युँमा भारी बोक्नेको कथालाई ‘भरियाको कथा’ । यी कथाहरू मानिसको दैनिक जीवनयापनसँग प्रत्यक्ष जोडिएर सरोकार राख्दछन् ।

त्यस्तै, पुस्कर ढुंगेलद्वारा निर्देशित एउटा संघर्षको जिन्दगीलाई ‘भरिया’ शिर्षक दिएर एउटा श्रृंखला बजारमा सार्वजनिक भएको हो । पुस्कर ढुङ्गेलको नै लेखन रहेको नेपाली सिरियल ‘भरिया’को पहिलो भाग “भरिया अफिसियल” युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

सोनम “राजनेवा”ले सम्पादन गरेको भरियाका कार्यकारी निर्माता प्रेम नूवाकोटी रहेका छन् भने नवराज खड्काले यसलाई छायाङ्कन गरेका हुन् । यसैगरी दिनेश दर्जीले कुशल व्यवस्थापकको जिम्मेवारी निर्वाह गर्दा महेश जंग थापाले भने सहायक निर्देशन गरेका छन्।

भारी बोक्नेको कथा ‘भरिया’मा देशभक्त खनाल, रश्मि भट्ट, प्रविन खत्री, महेश थापा, नवीन आचार्य, कृष्ण कार्की, बिबीका दहाल, डबल बुढाथोकी, कबिता कटुवाल,दिनेश दर्जी आदीले अभिनय गरेका छन् ।

Leave a Reply

%d bloggers like this: