Sat. May 18th, 2024

काठमाडाैँ । नेपाली कांग्रेसका नेता चुडामणी कँडेल प्रधानमन्त्री शेर बहादुर देउवाको सह-सचिवमा नियुक्त भएका छन् । कँडेलले प्रधानमन्त्रीको निजी सचिवालयमा विशिष्ठ श्रेणीको रूपमा सह-सचिव सरहको जिम्मेवारी पाएका हुन् ।

कँडेलले समय काँग्रेसका प्रभावशाली नेता पूर्वगृहमन्त्री खुमबहादुर खड्का, पूर्वगृहराज्यमन्त्री एवं नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँ, पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सचिवालयमा समेत स्वकीय सचिवका रूपमा जिम्मेवारी निभाइसकेका छन् ।

उनले अँग्रेजी विषयमा स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गरेका छन् । उनी नेपाली काँग्रेस बाँके जिल्लाका सदस्य समेत हुन् ।

Leave a Reply

%d bloggers like this: