Mon. Apr 29th, 2024

काठमाडाैँ । फिल्म निर्देशक तथा नेपाल संस्कृति संघका अध्यक्ष तीर्थ थापाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति समेत रहेका थापाले आफ्नो हकहितका लागि कलाकर्मीले अब राजनीतिमा आउनुपर्ने देखिएकोले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।

उम्मेदवारी दिने घोषणा गर्दै उनले भनेका छन्,  ‘हामी कलाकर्मीले राजनीति गर्नु हुँदैन, हाम्रा हक–अधिकारका लागि बोल्नु हुँदैन, हामी राष्ट्रका गहना हौं भन्दा भन्दै आज जुग वितेको छ । राज्य र राजनीतिक दलले हामीलाई प्रयोग मात्र गरेको कारण आफ्नो हकहधिकारको लागि राजनीतिमा सक्रिय हुन परेको छ ।’

Leave a Reply

%d bloggers like this: