Sun. May 5th, 2024

काठमाडाैँ । नेपाल चलचित्र कालकार संघले सरकारसँग चलचित्रकर्मीका लागि खोपको सहज व्यवस्थापन गरिदिन माग गरेको छ । शुक्रबार सिंहदरबारमा नववियुक्त अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा संघले चलचित्रकर्मीका लागि खोप र चलचित्र कलाकार संघको भवन निर्माणका लागि बजेटको माग गरेको हो ।
शुक्रबार संघका पदाधिकारीको टोली बधाई तथा शुभकामना दिने उद्देश्यसहित मन्त्रालय पुगेको थियो । खोपको माग राखेको उक्त टोलीले चलचित्र क्षेत्रका विभिन्न पक्षहरूको बारेमा मन्त्री शर्मालाई जानकारी समेत गराएको थियो ।
त्यस्तै, मन्त्री शर्माले भने कलाकारहरूले उठान गरेको विषयमा सरकारको पक्षबाट सक्दो सहयोग र सहकार्य गर्न आफु सकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।
शुक्रबार अभिनेता भुवन केसी, धिरेन शाक्य, निर्माता तथा कलाकार गोबिन्द शाही, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, उपध्यक्ष तथा प्रवक्ता मोहन निरौला लगायतको टोली मन्त्रीलाई भेट्न मन्त्रालय पुगेको थियो ।
 

Leave a Reply

%d bloggers like this: