Thu. Apr 25th, 2024

एजेन्सी । अल्लु अर्जुनकी चार वर्षीया छोरी अल्लू अरहाले पनि अभिनयमा डेब्यू गर्ने भएकी छन् । अभिनेत्री सामन्था अक्किनेनीको मुख्य भूमिका रहने फिल्म ‘शकुन्तलम’ मा अल्लू अर्जुनको छोरीले अभिनय गर्ने भएकी हुन् ।
उनी स्वयंले सोसल मिडियाबाट छोरीले फिल्ममा डेब्यू गर्न लागेको जानकारी दिएका हुन् । चौथो पीढीले फिल्ममा आफ्नो सुरुवात गर्न लागेकोमा उनले खुसी व्यक्त गरेका छन् ।
अल्लू अर्जुनको परिवारको तीन पीढी पहिलादेखि नै साउथ फिल्ममा आबद्ध छ । उनका हजुरबुबा, बुबा र अल्लू अर्जुन स्वयं फिल्मसँग जोडिएका छन् । अब यो परिवारको चौथो पीढीले फिल्ममा पाइला राख्न लागेको हो । अरहा फिल्ममा सामन्थासँग देखिनेछिन् । उनीसँग अल्लू अर्जुनले धेरै फिल्ममा काम गरिसकेका छन् । पर्दामा उनीहरुको जोडी दर्शकले निकै रुचाएका छन् ।

Leave a Reply

%d bloggers like this: