Thu. May 2nd, 2024

काठमाडौं जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने भएको छ । नेपालस्थित जापानी दूतावासद्वारा विज्ञप्ति मर्फत साे कुराकाे जानकारी गराइएकाे हाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीबाट मुक्त हुनु अघि देशवासीका नाममा सम्बाेधन गर्दै जापानले उक्त खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् ।
उपलव्ध गराइने खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डकाे पहिलाे मात्र लगाएका नागरिकलाई लगाउन उपयुक्त हुनेछ । उक्त अस्ट्राजेनेका खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउनेछन् ।

Leave a Reply

%d bloggers like this: