Mon. Apr 29th, 2024

काठमाडाैँ । तीन पेनाल्टी दिइएको एकै खेलमा पोर्चुगल र फ्रान्सले २–२ गोलको बराबरी खेलेका छन् । खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत क्रिष्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफको ईन्जुरी समयमा करिम बेन्जामाले पनि पेनाल्टीमार्फत नै बराबरी गोल फर्काए । र, उनले दोस्रो हाफ सुरु भएलगत्तै फ्रान्सलाई अग्रता दिलाए ।
६० मिनेटमा पोर्चुगलले फेरि पेनाल्टी पायो, यसैलाई गेलमा परिणत गर्दै रोनाल्डोले खेल बराबरी गरे । प्रतियोगिताअन्तर्गत समूह एफकै अर्को खेलमा हंगेरीले जर्मनीसँग उसैको घरेलु मैदानमा २–२ गोलको बराबरी खेल्यो ।
फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोलसंख्या १ सय ९ पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलमा ईरानका अली देईले मात्र यति धेरै गोल गरेको इतिहास छ ।
अलीले १९९३ देखि २००६ सम्म ईरानबाट १ सय ४९ खेल खेल्दै १ सय ९ गोल गरेका थिए । रोनाल्डोले आफ्नो १ सय ७८ औं अन्तर्राष्ट्रिय खेलमा यो किर्तिमान बराबरी गरे ।

Leave a Reply

%d bloggers like this: