Tue. May 7th, 2024

काठमाडाैँ । भोजपुरी फिल्म ‘प्रेम गीत २’मा नायिका शिल्पा पोखरेलले अभिनय गरेकी छिन् । निर्माण युनिटले सार्वजनिक गरेको ट्रेलरमा नायिका शिल्पा लिड रोलमा रहेकी छिन् ।
शिल्पाले भोजपुरी स्टार अभिनेता प्रदीप पाण्डेसँगै अभिनय गरेकी छिन् । ट्रेलरमा प्रदीप र शिल्पाको प्रेम र उतारचढावका केही झलकहरू समावेश गरिएको छ ।
उक्त फिल्म सोनु खत्रीले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जितकुमार शर्मा, रोहित थापालगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्म पोखरा आसपास छायाँकन गरिएको छ ।
ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस् । 
 

Leave a Reply

%d bloggers like this: