Sun. May 19th, 2024

एजेन्सी । कप्तान लिओनल मेस्सीले प्रभावशाली प्रदर्शन गर्दै एक गोल र अर्को असिस्ट गरेपछि बार्सिलोनाले ला लिगामा सेभियामाथि २–० को जित निकालेको छ ।
सेभियाको घरेलु मैदान रोमान सान्चेज पिचुआनमा उच्च प्रदर्शन गरेको बार्सिलोनाले पहिलो हाफमै अग्रता बनाएको थियो । ओसमान डेम्बेलेले २९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको पासलाई सदुपयोग गरेका थिए ।
सेभियाले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । पटक पटक मेस्सीलाई असफल पार्न सफल भएको सेभिया आक्रमणमा भने केहि फितलो देखियो । त्यसअघि सेभियाका पूर्व डिफेन्डर क्लेमेन्ट लेंगलेटको हेडर पनि अफसाइडका कारण गोल मान्यता भएन । सेभियाका युसुफ एन नेस्रीको गोल पनि अफसाइड भएको थियो ।
जितसँगै बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक अन्तरलाई २ मा घटाएको छ । एट्लेटिकोको ५५ अंक छ भने बार्सिलोनाको ५३ अंक पुगेको छ । तेस्रो स्थानमा झरेको रियल म्याड्रिडको ५२ अंक छ । बार्सिलोनाले २५ खेल खेलिसक्दा रियलले २४ र एट्लेटिकोले २३ खेल खेलेको छ । सेभिया २४ खेलमा ४८ अंकसाथ चौथो स्थानमा छ ।

Leave a Reply

%d bloggers like this: