Sat. Jun 22nd, 2024

काठमाडाैँ । इलामका टीका मगरले एमएनटिभी अष्ट्रेलियाले सञ्चालन गरेको ‘हल अफ फेम-२’को उपाधी जितेका छन् ।
शुक्रबार भएको पाइनलमा अन्य २ जना प्रतिष्पर्धिहरूलाई पछि पार्दै टीका उपाधी विजेता घोषित भएका हुन् ।
फाइनलमा ललितपुरका पूर्ण विक, बुटवलका विजय सुनार र इलामका टीका मगरले प्रतिष्पर्धा गरेका थिए ।
उपाधि विजेता टीकाले एक लाख नगद पुरस्कार सहित एउटा अफिसियल गीत तथा भिडियो रेकर्ड गर्ने अवसर पाउनेछन् ।
विश्वभरका संगीत प्रेमीले सहभागिता जनाउन पाउने यो प्रतियोगितामा टीका मगरले मलेसियाबाट अडिसन दिएका थिए ।

Leave a Reply

%d bloggers like this: